काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विपद्को समयमा बजारमा बढेको महँगी, कालोबजारी र ग्यास अभाव नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै केसीले २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयन नभएको र अनुगमनकारी निकाय निष्क्रिय बनेको आरोप लगाए।
उनले बजारमा तत्काल कडाइका साथ अनुगमन गरी कालोबजारी गर्नेलाई कारबाही गर्न तथा ग्याससहित अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन माग गरे।
साथै, रसुवा बाढीपछि अवरुद्ध सडक सञ्जाल तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरे।














