काठमाडौं, ३१ भदौ । सर्वोच्च अदालतको नयाँ भवनस्थित मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको छ।
बिहान करिब साढे ८ बजे भुइँतलामा रहेको मुद्दा फाँटको २० र २१ नम्बरमा आगो लागेको हो।
आगलागीबाट तीनवटा कम्प्युटर जलेका छन्। प्रारम्भिक रूपमा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।
यसअघि भदौ १७ गते पनि सर्वोच्चको अभिलेख शाखामा आगलागी भएको थियो।














