काठमाडौँ, ३० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बुधबार सर्वदलीय बैठक बोलाएका छन्।
रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन लगायतका विषयमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।














