काठमाडौँ, ३० भदौ । अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा उनी असोज १ गते नयाँदिल्ली प्रस्थान गर्नेछन्।
असोज १ र २ गते हुने भ्रमणका क्रममा वाग्लेले नेपाल–भारत आर्थिक सहकार्य, भोटेकोशी विपद्पछिको पुनर्निर्माणलगायत विषयमा छलफल गर्नेछन्।
भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नुका साथै भारतीय उद्योग परिसंघ (सीआईआई) को कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।














