काठमाडौं, २७ भदौँ । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो कोसी र वाग्मतीका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी र कर्णालीका पहाडी भूभाग तथा लुम्बिनीको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ। राति कोसी प्रदेशको तराईका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
देशभर मनसुनी वायुको प्रभाव रहेकाले अधिकांश क्षेत्रमा बदली रहनेछ। हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपात र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।














