काठमाडौं, २६ भदौ । चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा फसेका कर्मचारीको उद्धार कार्य तीव्र पारिएको छ। नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ उद्धारस्थलमै पुगेर प्राविधिक सुझाव र समन्वयमा जुटेका छन्।
मुख्य सुरुङमा थुप्रिएको लेदो, बालुवा र ढुंगा हटाउँदै उद्धार टोली अघि बढिरहेको छ। सुरुङभित्र करिब १२० मिटरबाट आवाज पठाउँदा इको सुनिनुका साथै चिसो हावा बाहिर आइरहेकाले भित्र रहेका कर्मचारी सकुशल रहेको आशा बढेको छ। उद्धार टोली विद्युत्गृह पुग्न अब करिब १०० मिटर बाँकी रहेको जनाएको छ।
उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय सेनाको विज्ञ टोली, स्थानीय प्रशासन तथा चिलिमेका कर्मचारी निरन्तर खटिएका छन्।














