काठमाडौं, २५ भदौ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।
सुनसरी–४ बाट निर्वाचित साहलाई उद्योगमन्त्री गौरीकुमारी यादवले ग्यास अभावको विषयलाई लिएर राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्री नियुक्त गरिएको हो।
शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्षसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।














