काठमाडौं, २५ भदौ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएपछि बैठक स्थगित गरिएको हो।
राष्ट्रियसभा अध्यक्षले अर्को बैठक भदौ ३१ गते सोमबार दिउँसो १:१५ बजे बस्ने जानकारी गराएका छन्।
आजको बैठकमा सांसदहरूले जनजीविकाका समस्या, विपद् व्यवस्थापन तथा सरकारको कार्यशैलीबारे विभिन्न प्रश्न उठाएका थिए। त्यसपछि कानुनमन्त्री गौतमले विवादित अभिव्यक्तिबारे सभामा स्पष्टीकरण दिएकी थिइन्।














