काठमाडौं, २५ भदौ । नयाँ उद्योगमन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम सिफारिस गरिएको छ। प्रधानमन्त्री बालेन शाहले साहलाई उद्योगमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।
यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि उनको स्थानमा साहलाई ल्याउन लागिएको हो। साहको नाम राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ।
साह निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए। यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्कासनमा परेपछि आफ्नै दल गठन गरेका थिए।














