काठमाडौँ, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘राज्य कहाँ छ?’ भन्ने प्रश्न उठाउनेहरूलाई जवाफ दिएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विपद्का बेला राज्य उद्धार, राहत र पुनर्निर्माणमा सक्रिय रहेको दाबी गरे। भग्नावशेष र सुरुङमा फसेका नागरिकको खोजी, घरबारविहीनलाई आश्रय, क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण र भविष्यका विपद् रोकथामका लागि तयारीमा राज्य जुटिरहेको उनको भनाइ थियो।
लामिछानेले स्रोत र क्षमताको सीमितताका बाबजुद नागरिकको जीवन रक्षाका लागि राज्यले निरन्तर काम गरिरहेको बताए।














