काठमाडौँ, २४ भदौ । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी असोज ६ र ७ गते हुने केन्द्रीय समिति बैठकमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको विषयलाई एजेन्डाका रूपमा अघि बढाउने बताएका छन्।
गुण्डुमा आयोजित कार्यक्रममा बस्नेतले विगतमा प्रतिगमन सच्याउन संसद् पुनर्स्थापनाको बाटो अपनाइएको उल्लेख गर्दै अहिले पनि संसद् पुनर्स्थापना राजनीतिक बहसको विषय बन्न सक्ने बताए।
उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लामो समय टिक्दा देशले थप क्षति व्यहोर्ने दाबी गर्दै संयुक्त राष्ट्रसंघको महासभाबाट फर्किएपछि राजीनामा दिन सुझाव दिए। राजीनामा नदिए पुनः आन्दोलन हुन सक्ने उनको चेतावनी थियो।
बस्नेतले एमालेको पुनर्गठनका नाममा अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने प्रयास सफल नहुने भन्दै केन्द्रीय समिति बैठकपछि ओलीकै नेतृत्वमा पार्टी थप एकताबद्ध हुने दाबी गरे।














