कपिलवस्तु, २३ भदौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट प्रभावित तथा सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन्।
मंगलबार कपिलवस्तुमा आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा यादवले बाढीपीडितलाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र संरक्षणको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।
ठूला देशका गतिविधिबाट नेपालजस्ता मुलुक प्रभावित हुने भन्दै उनले पीडितका लागि न्याय र क्षतिपूर्तिको विषय अन्तर्राष्ट्रिय तहमा उठाउनुपर्नेमा जोड दिए।














