काठमाडौँ, २३ भदौ । भोटेकोशी जलविद्युत आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनमार्फत गरिएको खोजीका क्रममा थप एक शव फेला परेको छ।
सैनिक मुख्यालयका अनुसार अन्य सुरुङमा उद्धार तथा खोजी कार्य जारी छ। हालसम्म सुरुङबाट ३ जनाको जीवित उद्धार गरिएको छ भने ९ वटा शव निकालिएको जनाइएको छ।














