जनकपुर, २३ भदौ । । सिरहामा प्रहरीले ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार सिरहा-२ स्थित छोट्की टोलमा स्वीप अप्रेसन टोलीले मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका-७ का २४ वर्षीय कमलेश कुमार साफी र मोटरसाइकल चालक ३२ वर्षीय सन्तोष यादव रहेका छन्। उनीहरूको साथबाट १६ ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














