काठमाडौँ, २३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले देश र जनताको सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्।
प्रथम महिला सबिता पौडेलसहित पशुपतिनाथ पुगेका राष्ट्रपति पौडेलले पूजाअर्चनापछि पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए।














