काठमाडौँ, २३ भदौ । २०८२ भदौ २३ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरणमा आज ‘जेन–जी’ सहिद दिवस मनाइँदैछ।
उक्त आन्दोलनपछि तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। आन्दोलनमा ज्यान गुमाएका युवाप्रति सम्मान व्यक्त गर्दै सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।














