महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित ३६ जिल्ला भएर बग्ने ससाना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ।
रसुवा र नुवाकोट भएर बग्ने भोटेकोसी र त्रिशूली नदीमा भने आकस्मिक बाढीको उच्च सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।














