काठमाडौं, २१ भदौ । गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङ खोलामा आएको बाढीले चार घर र एउटा फलामे पुल बगाएको छ।
प्रहरीका अनुसार राति करिब ३ बजे आएको बाढीले नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनका घरमा क्षति पुर्याएको हो।
बाढीले वडा नम्बर ४ र २ जोड्ने फलामे पुलसमेत बगाएपछि आवतजावत प्रभावित भएको छ।














