काठमाडौं, २० भदौ । बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन चीनले नेपाललाई उपलब्ध गराएका चारवटा ड्रोन त्रिशूलीमा परीक्षण तथा प्रयोगमा ल्याइएको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार ड्रोनले अधिकतम १०० किलोसम्म भार बोक्न सक्छ। एकपटकमा करिब ७५ देखि ८० किलो राहत सामग्री ढुवानी गर्न सक्ने यी ड्रोन रसुवालगायत बाढी प्रभावित क्षेत्रमा परिचालन गरिनेछ।
सडक क्षतिग्रस्त भएका तथा हेलिकप्टरबाट समेत पुग्न कठिन स्थानमा खाद्यान्न र अन्य राहत सामग्री पुर्याउन ड्रोन प्रभावकारी हुने अपेक्षा गरिएको छ।














