दार्चुला, १९ भदौ । अपिहिमाल गाउँपालिका–२ को भट्टार क्षेत्रमा पहिरो खस्दा चौलानी नदीको बहाव प्रभावित भएको छ।
पहिरोले नदीको केही भाग पुरिए पनि हाल पानी बगिरहेको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए।
नदीमा थप पहिरो खस्ने र थुनिएको पानी एक्कासि फुट्न सक्ने जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।
अपिहिमाल, मार्मा, लेकम र शैल्यशिखरका साथै डडेलधुरा र बैतडीका तटीय क्षेत्रलाई समेत सम्भावित जोखिमबारे जानकारी गराइएको प्रशासनले जनाएको छ।














