काठमाडौं, १९ भदौ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा एक जनाको शव फेला परेको छ।
उद्धारकर्मीले शव सुरुङबाट बाहिर निकाले पनि पहिचान हुन बाँकी रहेको आयोजनाका प्रमुख आवाश ओझाले जानकारी दिए।
यसअघि सोही सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो। उद्धार गरिएका विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ।














