काठमाडौं, १९ भदौ । माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको पावरहाउसमा थप जनशक्ति परिचालन गरी खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
सुरुङबाट दुई जनाको जीवितै उद्धार भएपछि नेपाली सेनाले नयाँ टोली परिचालन गरेको हो। नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहितको टोली पावरहाउसमा प्रवेश गरी उद्धारमा जुटेको छ।
थप मानिसहरू सुरुङभित्र फसेको हुनसक्ने आशंकामा सेना र प्राधिकरणको टोलीले प्राविधिक सहयोगसहित खोजी जारी राखेको छ।














