जनकपुर, १५ साउन। धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित शिव–हनुमान मन्दिरमा कार्यरत एक पूजारीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
गएराति भएको घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थलको निरीक्षण, प्रमाण संकलन तथा अनुसन्धान अघि बढाएको छ।
घटनाको कारण र संलग्न व्यक्तिबारे हालसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन। प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ।
यस घटनासम्बन्धी थप विवरण र अनुसन्धानको नतिजा आउन बाँकी रहेको प्रहरीले जनाएको छ।














