काठमाडौं, १६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली खेलाडीको शारीरिक विकास र पोषणमा विशेष ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।
नेपाल खेलकुद विकास महासंघको राष्ट्रिय भेलामा बोल्दै उनले खेलाडी खान नपाएर कमजोर हुने अवस्था अन्त्य गर्नुपर्ने र खेल क्षेत्रप्रति सरकार उदासीन रहेको आरोप लगाए ।
ओलीले एन्फामाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाएर नेपाली खेलाडीलाई विश्वस्तरमा चम्काउने वातावरण बनाउनुपर्ने बताए ।
उनले देशको समग्र अवस्था कमजोर हुँदा खेल क्षेत्र मात्रै अघि बढ्न नसक्ने उल्लेख गर्दै जेनजी आन्दोलनलाई हिंसात्मक गतिविधिको संज्ञा दिए । साथै, देशभन्दा माथि केही नरहेको भन्दै राष्ट्रिय हितलाई सर्वोपरि राख्नुपर्नेमा उनले जोड दिए ।














