काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशन निर्धारित समयभन्दा लम्बिन सक्ने भएको छ ।
बन्द सत्र सुरु हुन ढिलाइ भइरहेकाले महाधिवेशन एक दिन थपिन सक्ने सम्भावना रहेको पार्टी प्रवक्ता मनिष झाले बताएका छन् ।
उनका अनुसार यसबारे केन्द्रीय समिति बैठकमै छलफल भइसकेको र पार्टी नेतृत्व सम्भावित ढिलाइका लागि मानसिक रूपमा तयार रहेको छ ।
झाले महाधिवेशन प्रतिनिधिको संख्या पनि बढेको जानकारी दिँदै सोमबार बिहानसम्म करिब ४ हजार ३ सय प्रतिनिधि पुगेको जनाए । मधेश प्रदेशका केही प्रतिनिधि छुटेकाले उनीहरूलाई समावेश गर्ने तयारी भइरहेको उनले उल्लेख गरेको छ ।
बन्द सत्र सुरु गर्ने तयारी जारी रहे पनि प्रतिनिधि व्यवस्थापनका कारण केही समय ढिलाइ भएको पार्टीले जनाएको छ ।














