KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रु दुर्घटनामा परे, १४ जनाको मृत्यु र ६ जना घाइते

काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रु दुर्घटनामा परे, १४ जनाको मृत्यु र ६ जना घाइते

मकवानपुर, २६ कार्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा यात्रुवाहक हाइस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान खुलेको छ भने तीन जनाको पहिचान हुन बाँकी रहेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सुरुमा ११ जनाको शव हेटौँडा अस्पताल पुर्‍याइएको थियो। खोज तथा उद्धारका क्रममा दुर्घटनास्थलबाट थप तीन जनाको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

दुर्घटनामा हाइसमा सवार २० जनामध्ये १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा हाइस चालक सर्लाहीको कविलासी गाउँपालिका–८ निवासी ३० वर्षीय रविशङ्करकुमार मण्डलसमेत रहेका छन्।

त्यस्तै, सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २६ वर्षीय विकेश यादव, ३५ वर्षीया पुनम यादव, सात वर्षीया दीक्षा यादव, पाँच वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, ३६ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्री देवी, २६ वर्षीय रामदुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकमध्ये पुनम, विकेश, दीक्षा, दिपिका र अनु एउटै परिवारका सदस्य हुन्। दीक्षा, दिपिका र अनु पुनमका छोरी रहेको खुलेको छ।

दुर्घटनामा घाइते भएका छ जनालाई उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याइएको थियो। घाइतेमध्ये सर्लाही चक्रघट्टा–४ का ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन्।

त्यस्तै, तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदीप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल पठाइएको छ। ३१ वर्षीय बेचु भनिने देवेन्द्र रायलाई थप उपचारका लागि चितवनको मनकामना अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस सडकबाट करिब पाँच सय मिटर तल भिरमा खसेको थियो। छठ पर्व मनाउन घर फर्किरहेका यात्रु दुर्घटनामा परेका थिए।

घाइतेका अनुसार एउटै टोलका साथीभाइ मिलेर गाडी रिजर्भ गरी काठमाडौँबाट सर्लाही फर्किने क्रममा दुर्घटना भएको हो। यात्राका क्रममा अधिकांश यात्रु निदाइरहेका थिए। हाइस भिरमा खसेपछि मात्रै आफूहरू दुर्घटनामा परेको थाहा पाएको उनीहरूले बताएका छन्।

Facebook Comment


Related Posts

कोप–३१ मा मन्त्री खनाल र गुटेरेसको भेट

कोप–३१ मा मन्त्री खनाल र गुटेरेसको भेट

मंसिर ५ गते जानकी मन्दिर प्राङ्गणमा सामा-चकेवा प्रतियोगिता आयोजना हुने

मंसिर ५ गते जानकी मन्दिर प्राङ्गणमा सामा-चकेवा प्रतियोगिता आयोजना हुने

जनकपुरमा टिपर र स्कुटी ठोक्किए, चालकको घटनास्थलमै मृत्यु

जनकपुरमा टिपर र स्कुटी ठोक्किए, चालकको घटनास्थलमै मृत्यु

श्रीमतीको उपचारका लागि अस्पताल धाउँदै आएका मैतु मृत फेला

श्रीमतीको उपचारका लागि अस्पताल धाउँदै आएका मैतु मृत फेला

जलवायु संकटमा नेपाललाई अन्तर्राष्ट्रिय सहयोग पर्याप्त भएन : परराष्ट्रमन्त्री

जलवायु संकटमा नेपाललाई अन्तर्राष्ट्रिय सहयोग पर्याप्त भएन : परराष्ट्रमन्त्री

काठमाडौंबाट सर्लाही जाँदै गरेको हाइस ५०० मिटर तल खस्यो, १० जनाको मृत्यु

काठमाडौंबाट सर्लाही जाँदै गरेको हाइस ५०० मिटर तल खस्यो, १० जनाको मृत्यु

ताजा समाचार

कोप–३१ मा मन्त्री खनाल र गुटेरेसको भेट

कोप–३१ मा मन्त्री खनाल र गुटेरेसको भेट

मंसिर ५ गते जानकी मन्दिर प्राङ्गणमा सामा-चकेवा प्रतियोगिता आयोजना हुने

मंसिर ५ गते जानकी मन्दिर प्राङ्गणमा सामा-चकेवा प्रतियोगिता आयोजना हुने

काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रु दुर्घटनामा परे, १४ जनाको मृत्यु र ६ जना घाइते

काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रु दुर्घटनामा परे, १४ जनाको मृत्यु र ६ जना घाइते

जनकपुरमा टिपर र स्कुटी ठोक्किए, चालकको घटनास्थलमै मृत्यु

जनकपुरमा टिपर र स्कुटी ठोक्किए, चालकको घटनास्थलमै मृत्यु

श्रीमतीको उपचारका लागि अस्पताल धाउँदै आएका मैतु मृत फेला

श्रीमतीको उपचारका लागि अस्पताल धाउँदै आएका मैतु मृत फेला

जलवायु संकटमा नेपाललाई अन्तर्राष्ट्रिय सहयोग पर्याप्त भएन : परराष्ट्रमन्त्री

जलवायु संकटमा नेपाललाई अन्तर्राष्ट्रिय सहयोग पर्याप्त भएन : परराष्ट्रमन्त्री


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar