काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीभित्र भएको सहमतिका प्रत्येक बुँदा इमान्दारितापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीमा विभाजन ल्याउने प्रयास भइरहेको टिप्पणी गरे ।
लामिछानेले नेपाली जनता र इतिहासलाई साक्षी राखेर गरिएको सहमति अक्षरशः पालना गर्ने प्रण गर्दै रास्वपा नेतृत्वमा दुई तिहाइको सरकार बनेको दाबी गरे ।
उनले चुनावअघि नै बालेन्द्र शाह -बालेन) लाई नेतृत्वको अवसर प्रदान गरिएको उल्लेख गर्दै अब परिणाम दिने जिम्मेवारी उनकै भएको बताए । साथै, आवश्यक परे पुनः सहयोग गर्न आफू तयार रहेको पनि उनले स्पष्ट पारे ।














