चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा- का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा कसैलाई हराउन नभई नेपाललाई जिताउन राजनीतिमा आएको बताएका छन् ।
पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपा पुरानो पुस्तासँग संघर्ष गर्न नभई नयाँ राजनीतिक संस्कार स्थापित गर्न उदाएको शक्ति भएको बताए ।
उनले रास्वपाको शक्ति केवल आक्रोशमा सीमित नभई आशा, विकल्प र निर्माणमा आधारित हुनुपर्ने धारणा राखे ।














