चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ ।
सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन सत्रका क्रममा वर्षा भए पनि रास्वपाले त्यसलाई शुभ संकेतका रूपमा व्याख्या गरेको छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, एमाले नेता प्रदीप ज्ञवाली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत सहभागी भएका छन् ।
तीन दिनसम्म चल्ने महाधिवेशनले १९ पदाधिकारीसहित १५८ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।














