काठमाडौं, १ असार । प्रतिनिधिसभाको २३औँ बैठक सोमबार बिहान ११ बजे बस्दैछ ।
बैठकमा आगामी आर्थिक वर्ष २०८३ को विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु हुने तथा विभिन्न मन्त्रालयको बजेटमाथि खर्च कटौती प्रस्ताव पेश गरिने कार्यसूची रहेको छ ।
बैठकको प्रारम्भमा विषयगत समितिहरूमा सदस्य हेरफेर गरिनेछ । त्यसपछि युवा तथा खेलकुद, उद्योग, कृषि, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, भूमि व्यवस्था, संघीय मामिला तथा महिला मन्त्रालयलगायत ९ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुनेछ ।
यसैबीच सांसदहरू कृपाराम राना, नीता घतानी, अर्जुनकुमार कार्की, साजिदा खातुन सिद्धिकी र एशुदाकुमारी बराल ले सम्बन्धित मन्त्रालयहरूको बजेट रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौती प्रस्ताव पेश गर्नेछन् ।














