काठमाडौं, २८ कात्तिक । गृहमन्त्री सुधन गुरुङले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा त्यहाँका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेटवार्ता गरेका छन्।
औपचारिक भ्रमणका क्रममा भएको भेटमा नेपाल र युएईबीचको द्विपक्षीय सम्बन्ध, व्यापार सहजीकरण, आपसी हित तथा साझा चासोका विषयमा छलफल भएको जनाइएको छ।
भेटवार्ताले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनुका साथै व्यापारिक तथा आपसी सहकार्यका नयाँ सम्भावनालाई अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।














