KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरको पेठ्ठीया बजार फेरि अव्यवस्थित, सडकमै पसल थाप्ने क्रम बढ्यो

जनकपुरको पेठ्ठीया बजार फेरि अव्यवस्थित, सडकमै पसल थाप्ने क्रम बढ्यो

जनकपुर, ३१ जेठ । केही महिनाअघि मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको अगुवाइमा जनकपुरधामका विभिन्न चौक तथा फुटपाथमा अवैध रूपमा निर्माण गरिएका टहरा र पसल हटाउने अभियान सञ्चालन गरिएको थियो ।

त्यसबेला विशेष गरी पेठ्ठीया बजार क्षेत्रमा सडक अतिक्रमण गरी सञ्चालन गरिएका पसलहरू हटाइएपछि बजार व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको थियो ।

तर अभियान सञ्चालन भएको केही महिनामै पेठ्ठीया बजारको अवस्था फेरि पुरानै अवस्थामा फर्किएको स्थानीयवासीको गुनासो छ । बजार क्षेत्रमा पुनः सडक किनार र फुटपाथमा पसल थाप्ने क्रम बढेको छ भने सवारी आवागमन तथा पैदल यात्रुलाई समेत आवतजावत गर्न कठिन हुने गरी भीडभाड देखिन थालेको छ ।

स्थानीयका अनुसार अहिले पेठ्ठीया बजारमा पहिलेभन्दा पनि बढी भीडभाड हुन थालेको छ । व्यवसायीहरूले सडकमै सामान राखेर व्यापार सञ्चालन गर्दा बजार क्षेत्र अस्तव्यस्त बन्दै गएको छ । यसले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न गर्नुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको उनीहरूको भनाइ छ ।

अभियानका क्रममा खाली गराइएका स्थानमा पुनः अतिक्रमण हुन थाले पनि सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्न नसकेको आरोप लागिरहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले बजार व्यवस्थापन र सडक अतिक्रमण नियन्त्रणमा आवश्यक चासो नदिएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।

स्थानीयवासीले बजारलाई व्यवस्थित बनाउन एकपटकको अभियान मात्र पर्याप्त नहुने भन्दै नियमित अनुगमन, कडाइका साथ कार्यान्वयन र दीर्घकालीन व्यवस्थापन योजना आवश्यक रहेको बताएका छन् ।

Facebook Comment

Related Posts

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

निर्वाचन प्रक्रिया लम्बिँदा रास्वपाले फेरि बदल्यो तालिका

महाधिवेशनअघि कांग्रेसभित्र दूरी बढ्यो, इतर पक्ष सक्रिय

महाधिवेशनअघि कांग्रेसभित्र दूरी बढ्यो, इतर पक्ष सक्रिय

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

रास्वपाको पक्षमा खुलेपछि एमाले वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

रास्वपाको पक्षमा खुलेपछि एमाले वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar