बारा, ३१ जेष्ठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतसहित कुनै पनि देशको भूमि नमिचेको बताएका छन् ।
पर्सामा आयोजित कार्यक्रममा उनले आफू दुई पटक परराष्ट्रमन्त्री हुँदा पनि त्यस्तो कुनै जानकारी नपाएको उल्लेख गर्दै नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति गैरकूटनीतिक भएको टिप्पणी गरे ।
यादवले भारतले समेत नेपालले आफ्नो भूमि अतिक्रमण गरेको दाबी नगरेको अवस्थामा यस्तो विषय उठाइएको भन्दै, नेपालले भारतको भूमि मिचेको दाबी गर्नेहरूले तथ्य र प्रमाण प्रस्तुत गर्नुपर्ने बताए ।














