काठमाडौं, ३० जेठ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त -सीके- राउतले देशको राजनीति विचारशून्य युगÚमा प्रवेश गरेको टिप्पणी गरेका छन् ।
नयाँ शक्तिको स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले राजनीतिक दलहरूमा विचार, सिद्धान्त र नैतिकताको कमी देखिएको बताए ।
राउतले नयाँ पुस्तामा विचारभन्दा सेलेब्रिटी प्रवृत्ति र विध्वंसप्रतिको आकर्षण बढेको उल्लेख गर्दै सामाजिक सञ्जालमा हुने गालीगलौज र तर्कहीन बहसले लोकतन्त्र कमजोर बनाइरहेको बताए ।
उनले संसदीय अभ्यासको अवमूल्यन, डोजर संस्कृतिको विस्तार तथा जनतासँग प्रत्यक्ष सम्पर्कभन्दा लोकप्रियताको राजनीति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
प्रविधि र नयाँ सञ्चार शैलीलाई समयमै आत्मसात गर्न नसक्दा आफूहरू पछाडि परेको स्वीकार गर्दै उनले विचार र सिद्धान्तविहीन राजनीतिले मुलुकलाई सही दिशामा लैजान नसक्ने बताए ।














