काठमाडौं, जेठ २६ । प्रतिनिधिसभाको बैठक विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण स्थगित भएको छ ।
सभामुख डीपी अर्यालले बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री बालेन शाहले नेपाल-भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले सभामुखले आत्मालोचना गरी माफी माग्नुपर्ने मागसहित सदन अवरोध गर्दै आएका छन् ।














