जनकपुर, ८ जेष्ठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
शुक्रबार बसेको प्रदेश सभा बैठकमा उपस्थित १०० सदस्यमध्ये उनको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको सभामुख रामअशिष यादवले घोषणा गरेका हुन् ।
जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिएका थिए । बहुमत प्राप्त भएसँगै प्रदेश सरकारलाई निरन्तरता मिलेको छ ।














