काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगै जहाजमा खिचिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
भारत भ्रमणका क्रममा खिचिएको उक्त तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले ‘देश उँभो लाउने टोली, निक्कै मिहिनेती मान्छेहरू’ भन्ने टिप्पणी गरेका छन्।
प्रधानमन्त्रीसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा सहभागी भएका थिए।
यसअघि पनि प्रधानमन्त्री शाहले मन्त्री सुधन गुरुङ र सुनिल लम्सालसँगको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै लेखेका थिए।














