KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अयोध्या-जनकपुर रेल सेवाले जोड्यो राम-जानकीको पौराणिक सम्बन्ध

अयोध्या-जनकपुर रेल सेवाले जोड्यो राम-जानकीको पौराणिक सम्बन्ध

जनकपुर, ८ मंसिर । भारतको अयोध्याबाट जनकपुरधामका लागि सञ्चालन गरिएको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ। रेलमा सवार एक हजारभन्दा बढी तीर्थयात्रीलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ।

सोमबार भारतको नयाँ दिल्लीबाट प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा झन्डा देखाएर उद्घाटन गरेपछि रेल अयोध्याबाट जनकपुरका लागि प्रस्थान गरेको थियो।

जनकपुरधाम रेल्वे स्टेसनमा सरकारी प्रतिनिधि, स्थानीयवासी तथा सर्वसाधारणले नेपाल र भारतका राष्ट्रिय झण्डा बोकेर तीर्थयात्रीलाई फूलमालासहित स्वागत गरेका थिए। स्वागतका लागि सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार १७ डब्बा रहेको रेलमा एक हजारभन्दा बढी तीर्थयात्री आएका छन्। जनकपुरधाममा उनीहरूले जानकी मन्दिरलगायत धार्मिक स्थलको दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम छ।

तीर्थयात्रीलाई करिब तीन घण्टा जनकपुरधाममा घुमफिर तथा दर्शनको समय दिइएको छ। उनीहरूलाई खाजा खुवाएर दिउँसो करिब १ बजे अयोध्याका लागि बिदाइ गर्ने तयारी गरिएको छ।

जनकपुरधाम र अयोध्यालाई जोड्ने यस रेल सेवाले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्ध थप मजबुत बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। तीर्थयात्रीको आगमनलाई मध्यनजर गर्दै रेल्वे स्टेसन र जानकी मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

Facebook Comment


Related Posts

अध्यक्ष सञ्जीत राउतको पहलमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

अध्यक्ष सञ्जीत राउतको पहलमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

बालेनको नयाँ पोस्ट : ‘देश उँभो लाउने टोली, निक्कै मिहिनेती मान्छेहरू’

बालेनको नयाँ पोस्ट : ‘देश उँभो लाउने टोली, निक्कै मिहिनेती मान्छेहरू’

रास्वपालाई पाँच वर्ष सरकार चलाउन दिनुपर्छ : कांग्रेस सभापति थापा

रास्वपालाई पाँच वर्ष सरकार चलाउन दिनुपर्छ : कांग्रेस सभापति थापा

जनकपुरबाट पनि अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने सरकारको योजना : अर्थमन्त्री वाग्ले

जनकपुरबाट पनि अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने सरकारको योजना : अर्थमन्त्री वाग्ले

बाँकेको मेलामा ढुंगामुढा र अगुल्टो हानाहान, प्रहरीद्वारा हवाई फायर

बाँकेको मेलामा ढुंगामुढा र अगुल्टो हानाहान, प्रहरीद्वारा हवाई फायर

पत्रकार कुलदीप दासले देखाए सडकको जोखिमपूर्ण अवस्था, ढक्कन नभएका ठाउँमा रुखका हाँगा

पत्रकार कुलदीप दासले देखाए सडकको जोखिमपूर्ण अवस्था, ढक्कन नभएका ठाउँमा रुखका हाँगा

ताजा समाचार

अध्यक्ष सञ्जीत राउतको पहलमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

अध्यक्ष सञ्जीत राउतको पहलमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

बालेनको नयाँ पोस्ट : ‘देश उँभो लाउने टोली, निक्कै मिहिनेती मान्छेहरू’

बालेनको नयाँ पोस्ट : ‘देश उँभो लाउने टोली, निक्कै मिहिनेती मान्छेहरू’

रास्वपालाई पाँच वर्ष सरकार चलाउन दिनुपर्छ : कांग्रेस सभापति थापा

रास्वपालाई पाँच वर्ष सरकार चलाउन दिनुपर्छ : कांग्रेस सभापति थापा

जनकपुरबाट पनि अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने सरकारको योजना : अर्थमन्त्री वाग्ले

जनकपुरबाट पनि अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने सरकारको योजना : अर्थमन्त्री वाग्ले

बाँकेको मेलामा ढुंगामुढा र अगुल्टो हानाहान, प्रहरीद्वारा हवाई फायर

बाँकेको मेलामा ढुंगामुढा र अगुल्टो हानाहान, प्रहरीद्वारा हवाई फायर

अयोध्या-जनकपुर रेल सेवाले जोड्यो राम-जानकीको पौराणिक सम्बन्ध

अयोध्या-जनकपुर रेल सेवाले जोड्यो राम-जानकीको पौराणिक सम्बन्ध


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar