जनकपुर, ७ जेष्ठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जसपा नेपालका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेका सांसद मोहम्मद समिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।
बर्खास्त हुनेमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तथा श्रम तथा यातायात मन्त्री मनिष सुमन रहेका छन् ।
सत्ता समीकरण परिवर्तनको संकेतपछि राजीनामा मागिए पनि नदिएपछि उनीहरूलाई हटाइएको हो । उता, जनमत पार्टीका दुई मन्त्रीले भने यसअघि नै राजीनामा दिइसकेका छन् ।














