काठमाडौं, ७ जेष्ठ । सांसद निस्कल राईले सरकारले संसदको मर्यादा कायम राख्न नसकेको आरोप लगाएका छन् ।
संसद बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाह लाई सदनप्रति …एलर्जीÚ भएको टिप्पणी गरे । राईले सरकारमाथि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा हस्तक्षेप गरेको आरोप लगाउँदै सत्तारुढ दलले संसदीय अभ्यास कमजोर बनाएको बताए ।
उनले प्रतिपक्षले सरकारलाई जवाफदेही बनाउन खोज्दा सभामुखले साथ नदिएको गुनासो गरे । साथै, विगतमा प्रतिपक्षमा हुँदा हालको सत्तारुढ दलले पनि संसदमा विरोध प्रदर्शन गरेको स्मरण गराउँदै अहिले प्रतिपक्षलाई अमर्यादित भन्न नमिल्ने उनको भनाइ थियो ।
उनले संसदको मर्यादा कायम गर्न सभामुखको भूमिकामाथि पनि प्रश्न उठाए ।














