काठमाडौँ, ६ जेष्ठ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण खुलाउन सरकारलाई आदेश दिएको छ ।
न्यायाधीश महेश शर्मा पौडेलको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
हाल प्रसाईं जिल्ला प्रहरी परिसर भक्तपुरमा रहेका छन् । रिट अधिवक्ता आशिष लुइँटेलले दायर गरेका हुन् ।














