काठमाडौं, ११ चैत । चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शुक्रबार मध्याह्न १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम राखेको छ ।
शपथ ग्रहण समारोह विशेष रूपमा आयोजना गरिनेछ । समारोहमा ७ वटा शंखबाट शंखनाद गरिने, १०८ जना बटुकले स्वस्ती शान्ति वाचन गर्ने तथा १६ जना बौद्ध भिक्षुहरूले अष्टमंगल पाठ गर्ने कार्यक्रम रहेका छन् ।
शपथ ग्रहणपछि बालेनले दिउँसो २ बजे १५ मिनेटमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन् ।














