काठमाडौं, १० चैत । इरानसँग सम्बन्धित तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर उतार – चढाव देखिएका छन् ।
सोमबार उल्लेखनीय रूपमा घटेको ब्रेन्ट क्रुड को मूल्य मंगलबार पुनः बढेर प्रतिब्यारल १०० अमेरिकी डलर नाघेको छ । एशियाली बजारमा मंगलबार बिहान ब्रेन्ट क्रुडको मूल्य करिब ३.७५ प्रतिशतले वृद्धि भई १०३.६९ अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएको छ ।
यसअघि सोमबार भने यसको मूल्य १० प्रतिशतभन्दा बढीले घटेको थियो । ट्रम्पले इरानमाथि केही समय आक्रमण नगर्ने संकेत दिँदै छिट्टै शान्ति सम्झौता हुन सक्ने बताएको थियो ।
जसका कारण बजारमा मूल्य घटेको थियो । तर उक्त दाबीलाई इरानले अस्वीकार गरेपछि पुनः अनिश्चितता बढ्दै तेलको मूल्य उकालो लागेको विश्लेषण गरिएको छ ।














