काठमाडौं, २२ असोज। नेकपा एमालेका वरिष्ठ नेता विद्या भण्डारीले शपथ लिएकी छन्।
च्यासलमा जारी ११ औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक सुरु हुनुअघि अध्यक्ष केपी ओलीले भण्डारीलाई शपथ गराएका हुन्।
भण्डारीलाई गत केन्द्रीय कमिटी बैठकले बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो। मनोनीत गरेपछि भण्डारी आज पहिलो पटक पार्टी बैठकमा सहभागी भएकी छन्।














