काठमाडौं, २१ असोज। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसहित विभिन्न ६ निर्णय गरेको छ।
निर्णयहरू :
भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न सिफारिस।
वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न सिफारिस।
विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न सिफारिस।
राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसमा १५३ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने स्वीकृति।
पोर्चुगललाई काठमाडौंमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति।
नवीनराज सिंह र चक्रबहादुर बुढालाई सचिव तथा चन्द्रकान्त भण्डारीलाई उपमहालेखापरीक्षकमा बढुवा गर्ने निर्णय।














