काठमाडौं, २२ असोज । भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।
गोवाको डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएका उनलाई तत्काल अस्पताल पुर्याइएको थियो। चिकित्सकले बिहान ५ः२० बजे मृत घोषणा गरेका हुन्।
पाटेकरलाई गम्भीर हृदयाघात भएको अस्पताल स्रोतले जनाएको छ। चिकित्सकको टोलीले करिब ४५ मिनेटसम्म सीपीआरमार्फत बचाउने प्रयास गरे पनि सफल हुन सकेन।
हिन्दी तथा मराठी चलचित्रमा लामो समय योगदान दिएका पाटेकर‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’, ‘वेलकम’ र ‘नटसम्राट’ लगायत चलचित्रका लागि चर्चित थिए।














