काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको १५औँ महा धिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि हुने मतदान फेरि स्थगित भएको छ। निर्वाचन समितिका अनुसार अब मतदान भोलि बिहान ७ बजेदेखि सुरु हुनेछ।
यसअघि बिहान १० बजे र त्यसपछि दिउँसो २ बजे मतदान गर्ने कार्यतालिका तय गरिएको थियो। महाधिवेशन प्रतिनिधिको प्रदेश तथा समूहअनुसार विभिन्न स्थानमा छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ।
बागमतीका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा मतदान गर्नेछन् भने अन्य प्रदेश तथा समूहका प्रतिनिधिका लागि खुलामञ्चमा विभिन्न हललाई मतदान केन्द्र बनाइएको छ। मतदानअघि परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ।
निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत आचारसंहिताले निषेध गरेका सामग्री नल्याउन प्रतिनिधिलाई आग्रह गरेको छ।














