एजेन्सी । डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको द्वन्द्व अन्त्य गर्न वार्ता सुरु भएको बताएका छन् ।
कूटनीतिक प्रयासलाई प्राथमिकता दिँदै इरानका ऊर्जा पूर्वाधारमाथि हुने सम्भावित सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गरिएको उनले जानकारी दिएका छन् ।
ट्रम्पका अनुसार दुवै पक्षबीच संवाद सकारात्मक दिशामा अघि बढिरहेको छ र युद्ध अन्त्यतर्फ प्रगति हुन सक्ने संकेत देखिएको छ ।
मध्यपूर्वमा तनाव बढिरहेका बेला र अन्तर्राष्ट्रिय दबाब चुलिँदै जाँदा अमेरिका वार्तामार्फत समाधान खोज्न अग्रसर भएको हो ।














