काठमाडौं, ९ चैत । नेपाली कांग्रेसले मंगलबार दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
बैठकमा पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरू सहभागी हुनेछन् । यसअघि बसेको बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्दै चुनावी पराजयको प्रारम्भिक समीक्षा गरेको थियो ।
अब बस्ने बैठक थापाकै सभापतित्वमा हुनेछ र १५औँ महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गरिएको छ ।














