जनकपुर, ३० फागुन । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको पाँच तल्ले नयाँ भवन, ब्यारेक र भान्सा घरको शिलान्यास गरेका छन्।
उनले प्रदेश सरकारले प्रहरीलाई सुविधा सम्पन्न बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री यादवले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घोषणाअनुसार संविधानले प्रदान गरेको अधिकारहरू प्रदेशलाई पूर्ण रुपमा हस्तान्तरण हुने विश्वास व्यक्त गरे ।
गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले चालु आर्थिक वर्षका लागि प्रदेशले ७२ करोड बजेटमध्ये ८०–९० प्रतिशत सुरक्षा निकायमा लगानी गर्ने बताए ।
पाँच तल्ले भवनको निर्माणका लागि १५ करोड ५१ लाख रुपैयाँको लागत अनुमान गरिएको छ। ललितपुरको एमएस तुलसी भक्त कन्ट्रक्सनले १८ महिनामा भवन निर्माण गर्ने सम्झौता गरेको छ ।














